१२ साउन २०८१, शनिवार

पहिचानबादीको हड्तालबाट कोशी प्रदेश ठप्प

२८ फागुन २०७९, आइतवार
Image

झापा, २८ फागुन । कोशी प्रदेशको नामाकरणसँग असन्तुष्ट पहिचानवादीहरूले आज कोशी प्रदेशमा आम हड्ताल गरेका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् ।

चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा सवारीसाधन देखिएका छैनन् । 

प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले  प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

धरान, इटहरी, दमक, विर्तामोड र काँकरभिट्टामा आन्दोलनकारी झण्डा र समूहसहित सडकमा उत्रिएका छन् ।