२ माघ २०८१, बुधवार

पाउ पाथिभरा धाममा यसपाली भागवत् पुराण गरिने

३ चैत २०७९, शुक्रवार
Image

चारआली, ३ चैत । पाथिभरा माताले धरतीको यात्रा गर्दा पहिलो पाउ परेको धार्मिक विश्वास रहेको मेचीनगर–१३ स्थित पाउँ पाथिभरा धाममा श्रीमद् भागवत् महापुराण हुने भएको छ ।

आज पत्रकार सम्मेलन गरी आयोजक समितिले महापुराणको उद्घाटन समारोहमा सभामुख देवराज घिमिरे, संघीय सांसद् विश्वप्रकाश शर्मा र प्रदेश मन्त्री भक्ति सिटौलाको उपस्थिति रहने जनाएको छ ।

पाउ पाथिभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्धन समिति तथा पुराण मूल आयोजक समितिका अध्यक्ष तिलकप्रसाद गिरीले स्थापनाकालदेखि हरेक वर्ष एउटा महापुराण आयोजना हुँदै आएको सन्दर्भमा यसपाली भागवत् आयोजना गरिएको बताउनुभयो ।

उहाँले ताप्लेजुङको पाथिभरा माताको दर्शन गर्न जानेहरु पाउ पाथिभराको दर्शन गर्न आउने चलन रहेको जनाउँदै श्रीमद् भागवत महापुराण चैत ८ देखि १६ गतेसम्म सञ्चालन हुने बताउनुभयो ।

पुराणको कथावाचन पं. शान्तिराम नेपालले गर्ने र उपवाचकमा पं. पुण्यप्रसाद रिजाल रहने पुराण प्रचारप्रसार समितिका संयोजक यामनाथ बरालले जानकारी दिनुभयो ।