२ कार्तिक २०८१, शुक्रवार

नेपाली भाषाका विषयमा गहन छलफल

४ चैत २०७९, शनिवार
Image

ईटाभट्टा, ४ चैत । नेपाली भाषाको विषयमा मेचीनगरमा शनिबार अन्तरक्रिया गरिएको छ । 

नेपाली भाषाको प्रयोगमा देखिएको जटिलतालाई सहज बनाउने उद्देश्यले कार्यशाला गरिएको हो ।

निजी विद्यालय अर्गनाइजेशन (प्याब्सन) मेंचीनगरको आयोजना तथा ऐरावती प्रकाशन प्रालिको प्रायोजनमा भएको नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक कार्यशाला गोष्ठीको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवम् नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले गरेका थिए । 

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि भण्डारीले अन्तराष्ट्रिय भाषालाई भन्दा पनि नेपाली राष्ट्रिय भाषालाई बढी प्राथमिकता दिनुपर्ने बताए । 

उनले अन्तर्राष्ट्रिय भाषा सँगसँगै नेपाली भाषालाई प्रयोगमा ल्याउन सबै क्षेत्र जिम्मेवार बन्नुपर्ने चर्चा गर्दै मुलुकको समृद्विका लागि राष्ट्रिय भाषा अपरिहार्य भएको दावी गरे ।

प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा ऐरावती प्रकाशन प्रालिका अध्यक्ष डा.रामविर पाण्डे, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

कार्यशालामा नेपाली पाठ्यक्रमका विज्ञहरु डा. देवीप्रसाद नेपाल र डा.गणेशप्रसाद भट्टराईले नेपाली भाषाका विविध विषयमा प्रशिक्षण दिएका थिए । 

कार्यशालामा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका शिक्षक तथा प्राध्यापकहरुको सहभागिता रहेको ऐरावती प्रकाशन प्रालिका कोशी प्रदेशका मार्केटिङ प्रमुख विनोद सापकोटाले बताए । 

कार्यशालामा सहभागहिरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन प्याब्सन मेचीनगरका सचिव नेत्र खतिवडाले गरेका थिए ।



सम्बन्धित खबर