१ असोज २०८१, मङ्गलवार

सडक बन्यो, पुल बनेन

२५ चैत २०७९, शनिवार
Image

झापा, २५ चैत । धुलाबारी-भद्रपुर सडक खण्ड कालोपत्रे भए पनि हडिया खोलाको पुल भने पुरानो र जीणर् छ । नवनिर्मित सडक सात मिटर चौडाई र नौ किलोमिटर लम्बाईको रहेको छ । 

पूर्वी नाकाबाट भद्रपुर विमानस्थल जानका लागि छोटो दुरीको फराकिलो दुईलेनको सडकमा कालोपत्रे गर्ने कार्य भर्खरै सकिएको छ । तर, सोही सडक खण्डकै बीचमा रहेको हडिया खोलामा १८ वर्ष अघि बनेको पुल भने साँघुरो र जीणर् छ ।

ज्यामिरगढी र भद्रपुरको बीचमा रहेको हडिया खोलामा १८ बर्ष अघि सडक डिभिजन कार्यालय दमकले पुल निर्माण गरेको थियो । सो पुलमा लगाइएको रेलिङ भत्किएको छ भने पुलको भद्रपुरतर्फको भागमा भ्वाङ परेको छ । दुईलेनको सडकमा एक लेनको साँघुरो पुल असुविधाजनक छ । 

भौतिक पूर्वाधार कार्यालय भद्रपुरका इन्जिनियर उत्तम खरेलले दुईदिन अघि मात्र सडकको कालोपत्रे गर्ने कार्य सकिएको जानकारी दिँदै भन्नुभयो, “सडकसँगै पुल पनि फराकिलो चाहिन्छ । यस विषयमा छलफल चलिरहेको छ ।” 

सडकसँगै नयाँ पुल बनाउनुपर्र्ने स्थानीयवासी कमल राजबंशीले माग गर्नुभयो । सो क्षेत्रका प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा पुल बनाउन बजेट व्यवस्थाका लागि आश्वासन दिनुभएको इन्जिनियर खरेलले बताउनुभयो । बजेटको व्यवस्था भयो भने अर्को आर्थिक बर्षभित्र पुल बनाउन सकिने उहाँले बताउनुभयो ।

संघीय सांसद भण्डारीले नवनिर्मित सडक र जीणर् पुलको अनुगमन गर्नुभएको छ । अनुगमनमा पुग्नु भएका सांसद भण्डारीलाई स्थानीयवासीले नयाँ पुल निर्माणका लागि पहल गरिदिन आग्रह गरेका छन् ।