१ असोज २०८१, मङ्गलवार

हेलिकप्टर दुर्घटना, पाइलटको सकुशल उद्धार

२६ चैत २०७९, आइतवार
Image

झापा, २६ चैत । धौलागिरि बेसक्याम्प पोखरा फर्कंदै गरेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनामा परेको छ ।

धौलागिरि बेसक्याम्पनजिकै आज दुर्घटना भएको हेलिकप्टरमा एकजना पाइलट रहेको र उनी सकुशल रहेको बुझिएको छ । डाइनेस्टी एयरले पाइलट प्रिया अधिकारीलाई उद्धार गरेको छ ।

पाइलटलाई उद्धार गरेर पोखरा ल्याइँदै गरेको बुझिएको छ ।