३ कार्तिक २०८१, शनिवार

दमकमा शुभलक्ष्मीको साधारणसभा, चुरापोते तालिम सुरु

२९ चैत २०७९, बुधवार
Image

दमक, २९ चैत । दमक–३ स्थित शुभलक्ष्मी नारी उत्थान मञ्चको आठौं बार्षिक उत्सव तथा साधारणसभा सम्पन्न भएको छ । 

मञ्चले बार्षिक उत्सवको अवसरमा भवन निर्माण समिति र जग्गादाता सहितको नामांकन भएको शिलालेख समेत विमोचन गरेको छ । दमक नगरपालिका उप प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिलालेख बिमोचन गरिएको हो । 

संस्थाकी अध्यक्ष गंगा बराईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नगर उप प्रमुख भट्टराईले महिलाहरु सामाजिक रुपमा जोडिनका लागि यस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । समतामूलक समाज निर्माण भए मात्रै भौतिक विकास निर्माणहरुको पनि अर्थ रहने भन्दै उहाँले महिला नेतृत्व विकासमा समाजिक संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । 

कार्यक्रममा जम्मुझार टोल विकास संस्थाका अध्यक्ष मयनाथ पौडेलले महिला नेतृत्वको लागि पुरुषहरुले पनि साथ दिनु पर्ने बताउनु भयो । 

उद्घाटन कार्यक्रम पछि सम्पन्न बन्द सत्रमा अध्यक्ष गंगा देवी बराईली र सचिव शुष्मा गौतम पौडेलले प्रस्तुत गर्नु भएको प्रतिवेदन सुझाव सहित पारित गरिएको थियो । 

जम्मुझारमा स्व.चन्द्र शेखर बरालको स्मृतिमा भगवती बराल, रामप्रसाद बराल, पुण्यप्रसाद बरालको तर्फबाट शुभलक्ष्मी नारी उत्थान मञ्चको भवन निर्माणको लागि जग्गा प्राप्त भएको उक्त जग्गामा एक बैठक कोठा र एक सभाहल सहितको भवन निर्माण सम्पन्न गरिएको सचिव शुष्मा गौतम पौडेलले जानकारी दिनुभयो । 

यसैबीच, दमक वडा नम्बर ५ मा चुरा पोते बनाउने ७ दिने तालिम सुरु भएको छ । दमक नगर उपप्रमुख रेगिना भट्टराईले एक कार्यक्रमका वीच तालिमको उद्घाटन गर्नु भएको हो । 

दमक नगरपालिका सामाजिक विकास समिति सम्योजक सारदा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा तामिलको उद्घाटन गरिएको हो । तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख भट्टराईले महिलाहरु उत्पादनमा जोडिए मात्रै समाजमा रहेको बिभेद हट्ने बताउनु भयो । शिप सिकेर स्वाबलम्बी भनेमा आम्त बिश्वास बढ्ने र सामाजिक नेतृत्व लिन पनि सहास बढ्ने उहाँले बताउनु भयो । 

सिकेको शिपलाई ब्यबसायमा जोड्न आग्रह गर्दै उहाँले महिलाले उत्पादन गरेका चिजहरुलाई बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिने बताउनु भयो । 

कार्यक्रममा दमक नगरकार्यपालिका सदस्य सरु परियारले घर परिवारको काम गर्दै आययार्जन पनि गर्न सकिने भएकोले चुरापोते बनाउने तालिम सञ्चालन गरिएको बताउनु भयो । सात दिनको समय थोरै भएमा त्यस भन्दा उन्नत किसिमको तालिम पनि प्रदान गरिने भन्दै उहाँले आज सिकेको शिप भोलीका दिनमा ब्यबहारमा लागु गर्न पनि आग्रह गर्नुभयो । स्थानीय जनजागृति महिला समूहमा आबद्ध २५ जना महिलालाई तालिम प्रदान गर्न लागिएको कार्यपालिका सदस्य परियारले जानकारी दिनुभयो ।