२३ भदौ २०८१, आइतवार

मकै जोगाउन जाँदा हात्तीको आक्रमणमा वृद्धको मृत्यु

९ वैशाख २०८०, शनिवार
Image

बुधवारे, ९ वैशाख । बारीमा मकै खान आएको खेदाउन जाँदा जंगली हात्तीको आक्रमणमा परी बुद्धशान्ति–५ खारखोलाका ७० वर्षीय भिमबहादुर भट्टराईको मृत्यु भएको छ ।

आज विहान ३ः३० बजेतिर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो । उहाँको घटनास्थलमै मृत्यु भएको थियो । 

स्थानीयबासीका अनुसार बारीमा फलेका मकैबालीमा हात्तीले खान थालेपछि उहाँ धपाउन जानुभएको थियो । त्यहीबेला हात्तीले उहाँलाई झम्टेको थियो ।