७ वैशाख २०८१, शुक्रवार

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा मुखिया

९ वैशाख २०८०, शनिवार
Image

विर्तामोड, ९ बैशाख । नेपाल खेलकुद पत्रकार मञ्चको तेस्रो अधिवेशनले अध्यक्षमा इन्द्रजित मुखियालाई सर्वसम्मत चयन गरेको छ ।

विर्तामोडमा शनिवार आयोजित अधिवेशनले तीन बर्षे कार्यकालका लागि मुखियाको नेतृत्वमा समिति चयन गरको हो । 

निर्वाचन समितिका संयोजक भगिरथ आले मामाले मञ्चको उपाध्यक्षमा प्रेम आचार्य, सचिवमा चिरञ्जीवी घिमिरे, सहसचिवमा भूमिका सुब्बा, कोषाध्यक्षमा प्रकाश बानियाँलाई सर्वसम्मत चयन गरेको बताउनुभयो । 

समितिका सदस्यहरुमा रोहित काफ्ले, तीर्थ तिम्सिना, विष्णु श्रेष्ठ, तिलक योञ्जन, नारायण अर्याल र आयुष निरौला चयन भएका छन् ।