८ वैशाख २०८१, शनिवार

सुसेलीको साधारण सभा

पत्रकार भण्डारी र लिम्बु सम्मानित

९ वैशाख २०८०, शनिवार
Image

काँकरभिट्टा, ९ बैशाख । सुसेली साहित्यिक परिवार मेचीनगरले स्थापना गरेको सुसेली प्रतिभा पुरस्कार तथा डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार दुईजना व्यक्तित्वलाई प्रदान गरिएको छ ।

आज काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित कार्यक्रममा सुसेली प्रतिभा पुरस्कार सामाजिक व्यक्तित्व मणिकुमार लिम्बुलाई र प्रा.डा.मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार पत्रकार चन्द्र भण्डारीलाई प्रदान गरिएको हो ।

कार्यक्रममा ‘सुसेली–अंक २०’ तथा सुसेलीका सम्पादक विजय खरेलको कुथुङ्ग्रीहरुको बटुलो ‘झिल्काहरु’को लोकार्पण समेत गरिएको थियो ।

‘सुसेली–२०’ को तथा ‘झिल्काहरु’ समीक्षात्मक टिप्पणी श्रष्ठा हरिनारायण भट्टराई र लीला उदासीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवम् भाषाविद चूडामणि रेग्मी, श्रष्ठाहरु राजेन्द्र संग्रौला, हरिचरण बानियाँ, भवानी क्षेत्री, राम कट्टेल, लक्ष्मीप्रसाद उप्रेती, पुरस्कृत प्रतिभाको तर्फबाट कञ्चनजंघा एफएमका प्रबन्ध निर्देशक चन्द्र भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए । 

कार्यक्रममा श्रष्ठाहरु मोक्ष खतिवडा, गणेश निरौला, दमयन्ती गिरी, विरही अधिकारी, तोयालाल दाहाल, जय आचार्य लगायतले कविता बाचन गरेका थिए ।

कार्यक्रममा सुसेलीका सल्लाहकार भीम खवास, प्रा.डा.गंगाप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो । 

यसैबीच सुसेली साहित्यिक परिवारको साधारण सभाले नयाँ कार्यकालका लागि अध्यक्ष खरेलकै नेतृत्वमा १३ सदस्यीय समिति गठन भएको छ । 

जसको उपाध्यक्षमा केन्द्रप्रसाद भट्टराई, सचिवमा कनकबहादुर कार्की, सहसचिवमा मदन अधिकारी, कोषाध्यक्षमा भूवन सुब्बा तथा सदस्यहरुमा विजय खरेल, परशुराम तिम्सिना, कल्पना ओली, सुभद्रा अर्याल, ज्ञानेन्द्र ढुंगाना, नमूना निरौला, दमयन्ती गिरी र दुर्गा भेटवाल छन् ।

सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले र सञ्चालन सचिव कनक कार्कीले गरेका थिए ।