झापा, ४ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देबकोटाको ११७ औं जन्मजयन्तीमा झापाली श्रष्टाहरुले देवकोटाप्रति समर्पित कविता बाचन गर्नु भएको छ ।
सुसेली साहित्यिक परिवारको आयोजनामा आज काँकरभिट्टास्थित देवकोटा पार्कमा कविता बाचन गरिएको हो ।
परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षता र लेखक रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हरिप्रसाद न्यौपाने, देशु वनेम, चित्रा पौडेल, दुर्गाप्रसाद सिग्देल, तुलसीप्रसाद दाहाल, हरिनारायण भट्टराई, मीना अधिकारी र जय भण्डारीले आफ्ना रचना पाठ गर्नु भएको थियो ।
परिवारका सचिव कनक कार्कीले उद्घोषण गर्नु भएको उक्त अवसरमा कार्यक्रमका अध्यक्ष एवम् साहित्यकार पुण्यप्रसाद खरेल, लेखक रामचन्द्र उप्रेती र साहित्यकार देशु वनेमले देवकोटा नेपाली साहित्यका अद्भूत प्रतिभा भएको बताउँदै उहाँको व्यक्तित्व र कृतित्व बारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा संविधानसभा सदस्य रविन कोइराला, साहित्यकार कल्पना सिटौला, साहित्यकार केन्द्रप्रसाद भट्टराई लगायतका श्रष्टाहरुको उपस्थिति रहेको थियो ।