झापा, २६ वैशाख । पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ आज लोकार्पण भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहालले उक्त किताबको आज काठमाडौंमा बिमोचन गर्नु भएको हो ।
दुई सय ४२ पृष्ठको किताबमा २१ वटा कथा समेटिएका छन् ।
झापाको दमकलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेका झापाली अहिले मन्त्री दाहालको प्रेस संयोजक रहनु भएको छ ।
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।