२ कार्तिक २०८१, शुक्रवार

लेडी जेसीजको अन्तरक्रिया

रोकिएन पूर्वी नाकामा मानव तस्करी

१० वैशाख २०८०, आइतवार
Image

पानीट्याङकी(भारत), १० बैशाख । सीमा नाकामा मानव बेचबिखनका घटनाहरुमा कमी नआएको यहाँ आयोजित एक कार्यक्रममा सरोकारवाला निकायका प्रमुखहरुले बताएका छन् ।

मेचीनगर लेडी जेसीजको आयोजनामा शनिबार पानीट्याङकीमा मानव बेचबिखनको बिषयमा सरोकारवालाहरुबीच गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।

भारतको पानीट्याङकी स्थित एसएसवी कार्यालयको परिसरमा मानव बेचबिखनको बिषयमा अन्तरक्रिया गरिएको थियो ।

अन्तरक्रियामा वक्ताहरुले पूर्वी नाका काँकरभिट्टामा दुवै देशका सुरक्षाकर्मी र विभिन्न सामाजिक संघसंस्थाहरुको कडाईका बावजुत पनि मानव बेचबिखनका घटनामा कमी आउन नसकेको बताइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि माइती नेपालका पुर्वाञ्चल संयोजक गोविन्द घिमिरेले भारतका विभिन्न एजेन्सी र सुरक्षाकर्मीहरुको सहयोगमा आफुहरु नाकामा मानव वेचबिखन रोक्न अहोरात्र खटिएपनि मानव बेच बिखनका घनटा पूर्ण रुपमा समाप्त नभएको बताए ।

त्यस्तै कार्यक्रममा पानीट्याङकी एसएसवीका एसिस्टेन्ट कमाण्डर मोहित दहियाले सीमा क्षेत्रमा आफुहरु मानव बेचखिन लगायत गलत प्रवृतिका घटनालाई रोक्न विशेष सुरक्षा रणनीति अपनाएर काम गर्ने गरेको दावी गरे ।

कार्यक्रमका बालसुरक्षा अभियानका भारत प्रमुख गणेश राईले नेपाल र भारतका बालबालिका, किशोर किशोरीमा सामाजिक सञ्जालको सहि सदुपयोगका बिषयमा चेतना फैलाउनु पर्ने बताए ।

त्यस्तै बिस्व सेवा विस्तार संस्थाकी काँकरभिट्टाकी प्रमुख अनिता गुरागाईले आफ्नो संस्थाले मानव बेचबिखनमा परेकाहरुको उद्धार गरि उनीहरुलाई पुनरजिवनमा फर्काउन चेतना फैलाउनेदेखि स्वरोजगार बनाउनतर्फ लागि परेको बताइन् ।

मेचीनगर लेडी जेसीजकी अध्यक्ष रश्मि थापाको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण कार्यकारिणि उपाध्यक्ष शुष्मा राजवंशीले गरेकी थिइन् ।

उपाध्यक्ष गुञ्जना आचार्यले स्वागत र कार्यक्रमको सञ्चालन महासचिव सविता पोखरेलले गरेकी थिइन् । सोहि अवसरमा नेपाल र भारतका सिटी चालक र यात्रुहरुलाई ५०० वटा माक्स समेत वितरण गरिएको बताइएको छ ।

यसैबीच शनिबारै मेचीनगर लेडी जेसीजले रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्तामा भएको कार्यक्रममा ३५ जना भन्दा बढिले रक्तदान गरेको अध्यक्ष थापाले जानकारी दिइन् । कार्यक्रममा पूर्व अध्यक्ष सुनिता पनेरु, तुलसा दंगाल, टिका सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।