२३ भदौ २०८१, आइतवार

बाहुनडाँगीका चर्चित युवा नेता प्रविणसहित छ जनाले त्यागे एमाले

१० वैशाख २०८०, आइतवार
Image

मेचीनगर, १० वैशाख । नेकपा एमालेको मेचीनगर वडा नं. ४ का वडा इञ्चार्ज प्रविण भण्डारीसहित छ जनाले पार्टी परित्याग गर्नु भएको छ ।

आज उहाँहरुले संयुक्त विज्ञप्ति प्रकाशित गरी एमालेभित्र व्यक्तिबादी प्रवृत्ति बढेको र स्वार्थ समूह हावी भएको भन्दै पार्टी त्यागेको घोषणा गर्नुभएको हो ।

पार्टी परित्याग गर्नेहरुमा वडा नं. ४ का सहइञ्चार्ज प्रणा कार्की, सहसचिव प्रकाश पाण्डे, सचिवालय सदस्य किरण प्रधान र संगठित सदस्य सुस्मिता खतिवडा हुनुहुन्छ ।

विज्ञप्तिमा पार्टीमा समर्पित भई लागेको अवस्थामा समेत अनेक लाञ्छनाको सामना गर्दै पार्टीलाई विभिन्न निर्वाचनमा जिताउन लागेको उल्लेख छ । 

तर, पछिल्लो समय इमान्दार कार्यकर्तालाई पाखा लगाएर स्वार्थ समूह हावी हुन थालेकाले पार्टीमा बसेर काम गर्ने वातावरण नभएको विज्ञप्तिमा उल्लेख छ ।