१६ चैत २०८०, शुक्रवार

शिविरमा ३०६ जनाद्वारा आँखा परीक्षण

१७ वैशाख २०८०, आइतवार
Image

बाहुनडाँगी, १७ बैशाख । मेचीनगर–४ को वडा कार्यालयले आयोजना गरेको एकदिने निःशुल्क आँखा जाँच शिविरमा ३०६ जनाले आँखा परीक्षण गराएका छन् ।

शनिबार समपन्न आँखा शिविरको उद्घाटन वडाध्यक्ष अर्जुनकुमार कार्कीले गरेका थिए । उनले वडावासीको स्वास्थ्यलाई ध्यानमा राखेर शिविर सञ्चालन गरिएको बताए । 

शिविरमा मेची नेत्रालयको प्राविधिक सहयोग रहेको थियो । नेत्रालयका डा.प्रज्वल भट्टराईको नेतृत्वमा गएको प्राविधिक सहितको टोलीले आँखा परीक्षण गरेको थियो । शिविरमा ३०६ जनाले आँखा परीक्षण गराएको आयोजकले जनाएको छ । 

शिविरमा आँखा जाँचको क्रममा ४८ जनामा मोतिया बिन्दु, २३ जनाको आँखामा मासु पलाएको र एक जनाको आँखाको नली बन्द भएको भेटिएको डा.भट्टराईले बताए । 

शिविरमा औषधि निःशुल्क गरिएको र चश्मा २ सय रुपैयाँ लिएको बताइएको छ । आँखामा समस्या देखिएकाहरुको शल्यक्रियाका लागि २५ सय रुपैयाँ लाग्ने बताइएको छ । 

शिविरको कार्यक्रममा वडा सदस्य गीता लुंगेली मगर, सामाजिक अभियन्ता शंकर लुईटेल, मानवहात्ती द्वन्द व्यवस्थापन समितिका अध्यक्ष सागर कार्की लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सञ्चालन वडा सदस्य पवन बराइलीले गरेका थिए ।