२९ कार्तिक २०८२, शुक्रवार

मेची आँखा अस्पतालमा अफ्थाल्मिक सोसाइटीको अन्तर्राष्ट्रिय सम्मेलन

२९ कार्तिक २०८२, शुक्रवार
Image

झापा, २८ कात्तिक । विर्तामोडस्थित मेची आँखा अस्पतालमा नेपाल अफ्थाल्मिक सोसाइटीको १६ औं वार्षिक सम्मेलन विहीवार सुरु भएको छ ।

शुक्रवार समापन हुने अन्तर्राष्ट्रिय स्तरको यस सम्मेलनमा देश र विदेशका आँखा रोग विशेषज्ञहरु सहभागी छन् । मेची आँखा अस्पतालमा परिसरमा भएको कार्यक्रममा २७ औं पूर्वाञ्चल क्षेत्रीय अफ्थाल्मिक सम्मेलन समेत सञ्चालन भइरहेको छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा वैज्ञानिक डा. सन्दुक रुइत, मेची आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पुरुषोत्तम जोशी, वरिष्ठ चिकित्सक डा. सुमन थापा र भारतीय वरिष्ठ चिकित्सक डा. ताराप्रसाद दासले विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको अस्पतालका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो ।

यसैगरी नेपाल, भारत र बंगलादेशका १० जना वरिष्ठ चिकित्सकहरुले सम्भाषण प्रस्तुत गर्ने र दर्जनौं चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्ने भएका छन् ।

आँखा चिकित्साको क्षेत्रमा भइरहेका नयाँ प्रयोग र अनुसन्धानका निष्कर्षहरुलाई सम्मेलनमा प्रस्तुत गरिने भएकाले यसबाट नेपालका आँखा चिकित्सकहरु लाभ प्राप्त गर्ने मेची आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पुरुषोत्तम जोशीले बताउनुभयो ।

सम्मेलनका लागि अस्पताल क्षेत्र आकर्षक रुपमा सजाइएको छ ।