९ मंसिर २०८१, आइतवार

उभौली पर्व

पूर्व मन्त्रीदेखि निवर्तमान मेयर सम्मानित

२२ वैशाख २०८०, शुक्रवार
Image

मेचीनगर, २२ बैशाख । मेचीनगर–९ स्थित किरातेश्वार माङहिमको मन्दिर आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

सो मन्दिरको उद्घाटन मन्धुमविद तथा ज्योतिषविद डा : चन्द्रकुमार शेर्माले गरेका थिए । कार्यक्रममा  पूर्वमन्त्रीदेिखि निवर्तमान मेयर सहितलाई सम्मान गरिएको छ ।

सम्मानित हुनेहरुमा पूर्व कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरेन्द्रविक्रम नेम्वाङ, मेचीनगर नगरपालिकाका निवर्तमान मेयर विमल आचार्य, मन्दिर निर्माणका लागि जग्गा दिने जग्गादाता दम्पति पदमबहादुर योङहाङ र मनमाया योङहाङ छन् ।

सम्मानित व्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथि डा. शेर्माले खदा ओढाएर सम्मान गरेका थिए । सम्मानित व्यक्तित्वहरु मध्ये पूर्व कानुनमन्त्री नेम्वाङ भने अस्वास्थ्यता कारण कार्यक्रमस्थलमा उपस्थित हुन सकेनन् ।

कार्यक्रमस्थलमा उनका प्रतिनिधिलाई सम्मान प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न जातजातीका सांस्कृतिक नृत्य तथा परम्परागत चण्डी, साकेला, च्याब्रुङ, केलाङ लगायतका नाचहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रमुख आतिथि शेर्मा, माङहिमका अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङले प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा निवर्तमान मेयर आचार्य, यवा सेवा संघका केन्द्रीय सचिव वीरेन्द्र आङदेम्बे, सत्यहाङमा सेवा संघ केन्द्रीय सचिव शिवकुमार साउदेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सल्लाहकार संयोजक प्रेम सम्बाहाम्फेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य मुकेश लिम्बुले गरेका थिए ।