१२ साउन २०८१, शनिवार

करोडको ज्यान लिने कोरोनाको विश्वव्यापी आपतकाल सकियो

२३ वैशाख २०८०, शनिवार
Image

झापा, २४ वैशाख । विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले कोभिड–१९ अब विश्वव्यापी स्वास्थ्य आपतकालको रूपमा नरहेको घोषणा गरेको छ । 

उसको विज्ञप्तिलाई महामारी अन्त्यतर्फको एउटा मुख्य कदम ठानिएको छ ।

डब्ल्यूएचओले यस भाइरसलाई लिएर जारी गरेको सबैभन्दा उच्च तहको सतर्कता तीन वर्षपछि हटाएको हो ।

अधिकारीहरूका अनुसार कोभिडको साप्ताहिक मृत्युदर सन् २०२१ को जनवरीमा एक लाख भन्दा बढीको उच्च विन्दुबाट गत महिना साढे तीन हजारमा झरेको छ ।   

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले देशहरू अब आपतकालको अवस्थाबाट उल्लेख्य रूपमा खतराको व्यवस्थापन गर्ने अवस्थामा प्रवेश गर्न सक्ने बताएका छन् । 

तर उनले सबैभन्दा उच्च तहको सतर्कता हटाउने निर्णय गर्नुको अर्थ खतरा सकिएको भन्ने नरहेको बताउँदै अवस्था फेरिएमा आपतकालिन अवस्थालाई पुनः व्युँताउन सकिने बताए ।

कोरोनाभाइरसका कारण झन्डै ७० लाख मानिसहरूको मृत्यु पुष्टि भएको बताउँदै उनले उक्त संख्या खासमा तीन गुणा बढी हुनसक्ने टिप्पणी गरे ।