भरियालाई पिसाब गर्न जाने भनेर निस्किनुभएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उहाँको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो । “भरियालाई पिसाब गर्न भनेर निस्किनुभएको रहेछ, निकै समय बितिसक्दा पनि नफर्किएपछि भरियाले यताउति खोजी गर्दा भेटेनन्, त्यसपछि प्रहरीलाई खबर भएको र हिजो बिहानैदेखि प्रहरीको टोलीसहित उहाँका आफन्त र स्थानीयद्वारा खोजतलास भइरहेको छ, मानसिकरूपमा त्यति स्वस्थ नभएको परिवारले बताएका छन्”, प्रहरी प्रमुख लिम्बूले भन्नुभयो । झापाबाट यही वैशाख १९ गते श्रीमती, छोरा–बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बस्नुभएको थियो । उहाँ हिँड्न नसक्ने भएपछि बिहान करिब ३ बजेपछि भरियामार्फत जानुभएको थियो भने अरु आफन्त हिँड्दै गएका प्रहरीले जनाएको छ ।