१५ वैशाख २०८१, शनिवार

साहित्य

तस्वीरमा अमृता पाठकको कृति बिमोचन

२४ वैशाख २०८०, आइतवार
Image

मेचीनगर, २४ वैशाख । मेचीनगर–९ की अृमता पाठक चौलागाईं एक शिक्षक हुनुहुन्छ । तर, अब उहाँको परिचय फेरिएको छ–साहित्यिक सर्जकको रुपमा । 

उहाँले ‘चैतु काका’ नामक कथा संग्रह प्रकाशित गर्नु भएको छ । शनिवार धुलाबारी माविमा एक कार्यक्रमबीच उहाँको कृतिको भब्य विमोचन भएको छ ।

कृतिको लोकार्पण प्राज्ञसभा सदस्य विवश पोखरेल र लेखकका बुबा कपिलमुनि पाठक, आमा कमलादेवी पाठक, सासु अम्बिकादेवी चौलागाई र ससुरा कृष्णप्रसाद चौलागाईंले संयुक्त रुपमा गर्नुभएको हो । 

ईन्द्रेणी महिला साहित्यिक मञ्चले विमोचन कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा प्राज्ञसभा सदस्य विवश पोखरेल, प्राज्ञ सभा सदस्य सुभद्रा भट्टराई, साहित्यकार तथा पत्रकार चन्द्र भण्डारी, मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, साहित्यकार राम कट्टेल, नेपाली लेखक संघ झापाका अध्यक्ष कुमार भट्टराई लगायतको उपस्थिति रहेको थियो । (हेर्नुहोस् तस्वीरहरु)