१४ वैशाख २०८१, शुक्रवार

एकै साथ ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक

२६ वैशाख २०८०, मङ्गलवार
Image

काठमाडौँ, २६ वैशाख 

साहित्यकार सुशीला भुसालद्वारा लिखित उपन्यास ‘कठघरा’ र ‘येलो सुइट’ सार्वजनिक गरिएको छ । नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तरेली साहित्यिक प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको लोकार्पण गर्नुहुँदै यतिबेला मानिसको रोजाइ हिंसा थियो कि थिएन भनेर उल्लेख गरिएको छ । साहित्यकार वासुदेव अधिकारीले दुवै उपन्यासले समाजको यर्थाथलाई चित्रण गरेको बताउनुभयो । यलो सुइटमाथि टिप्पणी गर्दै साहित्यकार डा विन्दु शर्माले उपन्यासमा महिलालाई नायकत्व गर्न खोजिएको बताउनुभयो । राष्ट्रिय जनसाहित्य सङ्घका अध्यक्ष राम विनयले समाजका न्यून वर्गीय पक्षमा साहित्य हुनुपर्ने बताउनुभयो । लेखिका भुसालले उपन्यासमा १७ वर्षको अनुभवमा आफूले देखे–भोगेका कुरालाई उतारिएको बताउनुभयो । उहाँले कठघरा माओवादी सशस्त्र द्वन्द्व र येलो सुइट होटल व्यवसायमा काम गर्ने एक महिला कामदारको कथा रहेको जानकारी दिनुभयो ।