१ असोज २०८१, मङ्गलवार

साइबर अपराध न्यूनीकरण गर्न विद्यार्थीलाई प्रशिक्षण

२६ वैशाख २०८०, मङ्गलवार
Image

विर्तामोड, २६ बैशाख । समाजमा साइबर सम्बन्धी अपराध बढ्न थालेपछि यसको न्यूनीकरण र रोकथाम गर्ने उद्देश्यले नारी सञ्चार गृह झापाले गौरीगञ्जमा एक दिवसीय प्रशिक्षण कार्यक्रम गरेको छ । 

गौरीगञ्ज गाउँपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीलाई लक्षित गरेर “प्रबिधिको बढ्दो प्रयोग साइबर अपराध र कानुनी ब्यबस्था” सम्बन्धी कार्यक्रम गरिएको हो । 

पालिकाका अध्यक्ष फुलमति राजवंशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम उपाध्यक्ष पुजन न्यौपाने, विभिन्न विद्यालयका शिक्षकको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले गर्नुभएको थियो । 

संस्थाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा भएको कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाकी निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव मायामितु न्यौपानेले गर्नुभएको थियो ।