१३ वैशाख २०८१, बिहिवार

राँके जुलुसमा गोली चल्दा दुई जना आन्दोलनकारी घाइते

२७ वैशाख २०८०, बुधवार
Image

दमक, २७ वैशाख । दमकमा मंगलबार साँझ पहिचान पक्षधरहरुले निकालेको राँके जुलुसमा प्रहरीसँगको झडपमा गोली चलेको छ ।

प्रहरीको गोली लागेर दुई जना आन्दोलनकारी घाइते भएका छन् । पाँच प्रहरी पनि घाइते भएको बताइएको छ । 

कोशी प्रदेश नामकरणको विरोधमा पहिचान पक्षधर विभिन्न संघसंस्थाले राँके जुलुस निकालेका थिए । जुलुस रोक्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

आन्दोलनकारीहरुले शान्तिपूर्ण राँके जुलुमा प्रहरीले गोली चलाएर दमन गरेको दावी गरेको छ भने प्रहरीले राँके जुलुसमा रहेका आन्दोलनकारीले प्रहरीमाथि नै आक्रमण गरेको दावी गरेका छन् ।