१६ चैत २०८०, शुक्रवार

नक्कली भुटानी शरणार्थी प्रकरण

कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ

२७ वैशाख २०८०, बुधवार
Image

झापा, २७ वैशाख । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरेको छ । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

मैजुबहालस्थित निवासबाटै पक्रेर उहाँलाई प्रहरी परिसरमा ल्याइएको छ ।

काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमा राख्ने भनेबारे निर्णय लिने बताउनुभयो ।

यही प्रकरणमा मुछिनु भएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार हुनुहुन्छ ।

प्रहरीले खाँण गृहमन्त्री हुँदा मन्त्रालयमा सचिव रहेका टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।