१३ वैशाख २०८१, बिहिवार

यूनियनद्वारा चार पत्रकारलाई सम्मान

३१ वैशाख २०८०, आइतवार
Image

विर्तामोड, ३१ वैशाख । नेपाल प्रेस यूनियन झापाले विभिन्न विधाका पुरस्कारबाट चार पत्रकारलाई सम्मान गरेको छ । 

विर्तामोडमा यूनियनको १० औं जिल्ला अधिवेशनको अवसर पारेर आइतबार पत्रकारहरु विष्णु सुब्बा, अर्जुन राजवंशी, लीला अनमोल र बेनुप्रसाद अधिकारीलाई सम्मान गरेको हो । 

सुब्बा र राजवंशीलाई खगेन्द्र कार्की स्मृति पत्रकारिता पुरस्कार, अधिकारीलाई टंकप्रसाद रमादेवी पाठक स्मृति पत्रकारिता पुरस्कार र अनमोललाई रमादेवी टंकप्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका जिल्ला अध्यक्ष देउमान थेबेले पुरस्कार वितरण गर्नुभएको थियो । यूनियनले अधिवेशनबाट आइतबारै जिल्ला नेतृत्व चयन गर्नेछ ।