कविता
कविता
आउ अब आउ
कुटिल वाक शक्ति भएका
रबिहरु आउ ।
जुम्लाको खोँचमा
पिल्सिएर निखारिएका
ज्ञान्नेन्द्रहरु आउ ।
अर्थशास्त्रका चाणक्य
वाग्लेहरु आउ,
पशुपतिको कोखबाट
सिंह जस्ता बालेनहरु आउ ।
लालुपालेका जङ्गलबाट
हर्क जस्ता योद्धाहरु आउ,
पूर्वबाट सनातनलाई
शिरमा राख्ने
लिङ्देनहरु आउ,
डा. रुइत आउ,
महाबिर पुनहरु आउ ।
हरि–मदन जस्ता
जोडी बाँधिएर आउ,
गगन र विश्व पनि आउ,
दुर्गा जस्ता व्यवसायीहरु पनि आउ,
तोसिमा र गोपालहरु पनि आउ,
कोहि सच्चिएर आउ,
कोहि भाँचिएर आउ,
र्याल चुहाउनेलाई छाडेर आउ,
ज्यान मार्नेलाई त्यागेर आउ,
देश बेच्नेलाई फ्याँकेर आउ ।
बिडम्बना अलि अघि आइदिएको भए
हजारौं मर्ने थिऐनन्जा
त जाति वर्ग बिभेद हुने थिएन
सनातन मासिने थिएन
हजारौंले बाकसमा
भित्रिनु पर्ने पनि थिएन
निर्मलाहरुले बलात्कृत भै
मर्नु पर्ने थिएन
मेरो स्वाभिमानले
निहुरिनु पर्ने थिएन ।