११ वैशाख २०८१, मङ्गलवार

सडकमा विस्कुन सुकाउन प्रतिबन्ध

६ जेठ २०८०, शनिवार
Image

झापा, ६ जेठ । सडकमा विस्कुन सुकाउँदा दुर्घटनाको जोमिख बढेकाले झापा गाउँपालिकाले प्रतिबन्ध लगाएको छ । 

कालोपत्रे गरिएका ग्रामीण क्षेत्रका सडकमा किसानले उत्पादन गरेका मकै, धान, गहुँलगायतका सामाग्रीहरु सुकाउँदा हुने दुर्घटना रोक्न पालिकाले सूचना नै जारी गरेर प्रतिबन्ध लगाएको हो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले शुक्रवार सूचना नै जारी गरेर मुख्य तथा भित्री सडकहरुमा जथाभावी विस्कुन नसुकाउन आग्रह गर्नुभएको हो । सुचनामा भनिएको छ, “कृषिजन्य उपजका विस्कुन सुकाइएको कारण सार्वजनिक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको, आवतजावतमा कठिनाई भएको तथा दुर्घटनाको जोखिम बढेकाले सो कार्य नगर्न र नगराउन सूचित गरिन्छ ।”

उहाँले सूचनाको अवज्ञाका गरी विस्कुन सुकाएमा सडकमा हुने दुर्घटनाजन्य घटनाको जिम्मेवार स्वयम् सुकाउने व्यक्ति नै हुनुपर्ने बताउनुभयो । 

विशेष गरी पूर्वपश्चिम राजमार्गको दक्षिण क्षेत्रका सडकहरुमा किसानले उत्पादन गरेका सामाग्रीहरु विगत लामो समयदेखि सडकमा सुकाउने गरेको पाइन्छ । कचनकवल, हल्दिबारी, गौरीगञ्ज, कमल गाउँपालिका लगायतका भित्री सडकहरुमा विस्कुन सुकाइन्छ ।