१३ वैशाख २०८१, बिहिवार

डोजर लगाएर भत्काइयो बुधबारे हटियाका घर टहरा

८ जेठ २०८०, सोमवार
Image

झापा, ८ जेठ । विर्तामोड नगरपालिकाले कषिथोक बजारको घरटहरा डोजर लगाएर भत्काएको छ ।

विर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटिया खाली गराउन पटकपटक पत्राचार र सूचना जारी गरे पनि व्यापारीले नटेरपछि सोमबार डोजर लगाएर भत्काइएको हो ।

टहरा भत्काउन पालिकालाई जिल्ला प्रहरी कार्यालय झापाले समेत साथ दिएको छ । यद्यपि उद्योग बाणिज्य संघ विर्तामोडले डोजर चल्न नदिन अनेक प्रयास समेत गरेको थियो ।  । टहरा भत्काउने क्रममा एउटा डोजरका अगाडि सिसा समेत व्यापारीले फुटाइदिएका छन् । 

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपाने डोजर चलाउने क्रममा कुनै पनि अप्रिय घटना भएको बताउनुभयो । उहाँले डोजर चल्न थालेपछि व्यापारीहरु आफैंले सामान हटाएर सहयोग गरेको बताउनुभयो । 

बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिहरुले आज विहान विशेष बैठक बसेर एकमतका साथ बजार खाली गराउने निर्णय गरेका छन् ।