१४ वैशाख २०८१, शुक्रवार

जन्मदिनमा निर्मलद्वारा रु. ५० हजार सहयोग

१० जेठ २०८०, बुधवार
Image

विर्तामोड, १० जेठ । नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराइले निर्माणधीन बहुजातीय सांस्कृतिक संग्राहलयलाई रु. ५० हजार सहयोग गर्नुभएको छ । 

उहाँले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितलाई सो सहयोगक रकम प्रदान गर्नुभएको हो । 

उहाँले संस्कृति तथा मौलिकताको जर्गेना गर्ने उद्देश्यले निर्माण भइरहेको नाटकघरका लागि जन्मदिनको अवसर पारेर सो रकम प्रदान गरेको बताउनुभयो । 

सोही अवसरमा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायणप्रसाद चिमरियाले पनि नगद रु.२५ हजार सहयोग गरेको अध्यक्ष कल्पितले जानकारी दिएनुभयो ।

एक ब्यक्ति एक इटा अभियान अन्तरर्गत स्थानीय, प्रदेश र संघीय सरकारसहित बिभिन्न दाता तथा सहयोगीहरुबाट निमार्णधिन भवनमा रु एक करोड ९० लाख खर्च भइसकेको उहाँले बताउनुभयो ।