३१ असार २०८१, आइतवार

बाहुनडाँगी जेसीज

बाहुनडाँगीमा नवराज पराजुलीको कन्सर्ट हुने

१० जेठ २०८०, बुधवार
Image

मेचीनगर, १० जेठ । बाहुनडाँगीमा कवि नवराज पराजुलीको एकल कविता कन्सर्ट आयोजना हुने भएको छ ।

बाहुनडाँगी जेसीजको आयोजनामा गणतन्त्र दिवशको अवसर पारेर जेठ १५ गते कवि पराजुलीको कविता कन्सर्ट आयोजना हुने भएको हो ।

स्थानीय साहित्यलाई समेत प्रोत्साहन गरी बाहुनडाँगीको भुगोललाई साहित्यसगँ जोड्न कविता कन्सर्टको आयोजना गरिएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

समसामयिक विषयलाई केन्द्रमा राखेर साहित्यको माध्यमबाट व्यवस्थालाई नै प्रहार गर्न सक्ने प्रख्यात कवि पराजुलीलाई बाहुनडाँगी ल्याउँदा स्थानीय साहित्यलाई समेत टेवा पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै बाहुण्डाँगी जेसीजका अध्यक्ष केवल निरौलाले बताए ।

‘समाज परिवर्तनमा निरन्तर विभिन्न कार्यक्रम गर्दै आएको यस संस्थाले यसपाली भने साहित्यसगँ जोडेर पृथक कार्यक्रम गर्न लागेको हो ।’ उनले भने ‘सम्पुर्णको साथ र सहयोगको अपेक्षा गरेका छौँ ।’

कार्यक्रम सफलताका लागि स्थानीय विभिन्न संघ संस्थाहरुसँगै मेचीनगर २ र ४ नं वडाले समेत सहयोग गरेको तथा कार्यक्रम आयोजनाका लागि दुई लाख खर्च लाग्ने अनुमान गरिएको पत्रकार सम्मेलनमा बोल्दै जेसीजका पूर्व अध्यक्ष तथा मेचीनगर– २ का वडाध्यक्ष दिपक बरालले बताए ।

प्रेस क्लब मेचीनगरको कार्यालय ईटाभट्टामा आयोजित पत्रकार सम्मेलनमा जेसीजका अध्यक्ष निरौला, पूर्व अध्यक्ष बरालसगैँ, निवर्तमान अध्यक्ष सिनेटर हेमन्त मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

बाहुनडाँगी जेसीजका कार्यक्रम संयोजक देबु बानियाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।