१५ चैत २०८०, बिहिवार

झरनाको दहमा पौडी खेल्ने क्रममा डुवेर युवकको मृत्यु

१३ जेठ २०८०, शनिवार
Image

शिवासताक्षी, १३ जेठ । झिलझिले र झापाको धार्मिक तथा पर्यटकीय सताक्षीधामको माथिल्लो झरनाको दहमा पौडी खेल्ने क्रममा डुवेर १९ वर्षीय एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कमल गाँउपालिका वडा नम्बर ५ बस्ने १९ वर्षीय निश्चय भन्डारीको मृत्यु भएको हो । उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दहमा ३ मिटर पानी जमेको घटना स्थल पुगेका झिलझिलेका स्थानियले बताएका छन् ।

शनिवार साथी संग भण्डारी सताक्षीधाम घुम्न आएका थिए । धामबाट करिव १ किलोमिटरको दुरीमा रहेको इलामको माई नगरपालिका वडा नम्बर ८ को माथिल्लो झरनामा शनिवार मध्यान्न १२ बजे पौडी खेल्न दहमा पसेका थिए । उनीसंगै आएका अर्का एक साथीले पौडी खेल्न आउँदैन भनेपछि भण्डारी एक्लै दहमा पसेको प्रहरीले जनाएको छ ।