२२ वैशाख २०८१, शनिवार

न्वारानको खाना खाँदा २७ जना विरामी

३१ जेठ २०८०, बुधवार
Image

झापा, ३१ जेठ । मेचीनगर नगरपालिका–९ मा न्वारानको भोज खाएका २७ जना स्थानीयवासी विरामी परेका छन् । हाल उनीहरु सबैको उपचार आम्दा अस्पताल धुलाबारीमा भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताउनुभयो । 

उहाँका अनुसार मेचीनगर–९ माथिल्लो मागुरमाडी निवासी गोविन्द श्रेष्ठको नातिको न्वारानमा भोज खाएका मध्ये अधिकांश विरामी परेका छन् । उनीहरुलाई बान्ता हुने, कामज्वरो आउने, झाडापखाला चल्ने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । सोमबार साँझ भोज खाएका उनीहरुलाई सोही दिन राति नै अस्पताल भर्ना गरिएको थियो । उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ ।

विरामी परेका सबैको नि:शुल्क औषधिको व्यवस्था गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ । शाखा प्रमुख सविता सापकोटाले नगरकै समन्व्यमा उपचार भइरहेको बताउनुभयो । “फुड पोइजन भएको हो”, उहाँले भन्नुभयो, “गर्मीमा खानेकुरा चाँडै बिगिन्छ ।”