२२ वैशाख २०८१, शनिवार

स्वास्थ्य

मेचीनगरको बल्ल चार वडामा पुग्यो ‘ल्याब’ सेवा

४ असार २०८०, सोमवार
Image

झापा, ४ असार । मेचीनगर नगरपालिकाको पन्ध्र वडामध्ये बल्ल चार वटा वडामा सरकारी प्रयोगशाला (ल्याब) सेवा उपलब्ध छ ।

धुलाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र र काँकरभिट्टाको स्वास्थ्य चौकीमा मात्र सरकारी ल्याब सेवा रहेकोमा हालै वडा नं. ४ र ११ मा पनि यो सुविधा पुर्याइएको छ ।

वडा नं. ४ को स्वास्थ्य चौकीमा सञ्चालनमा आएको ल्याव सेवाको उद्घाटन गर्दै नगरप्रमुख गोपाल बुढाथोकीले १५ वटै वडामा ल्याब सेवा पुर्याउने नगरको योजना रहेको बताउनु भएको छ ।

वडाका ल्याबमा सीबीसी, एचबी, सुगर, दिसा, पिसाव, एचआईभी, मलेरिया, डेंगु, भीडीआरएल, यूरिन, क्रिटिनाईन लगायतका रक्त परीक्षण सम्भव भएको नगरपालिकाकी स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाले जानकारी दिनुभएको छ । 

यसअघि ग्रामीण क्षेत्रका बासिन्दाले सरकारी सुविधामा रगत परीक्षण गराउन धुलाबारी र काँकरभिट्टा धाउनु पथ्र्यो ।

मेचीनगरमा धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, बाहुडाँगी, काँकरभिट्टा, ज्यामिरगढी धाइजन र दुवागडी गरी ६ वटा स्वास्थ्य केन्द्र र वडा नम्बर १,२,३, ५, ७,८,९, १२ र १३ मा गरी ९ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् ।