१ असोज २०८१, मङ्गलवार

मेचीनगरको बजेट रु एक अर्ब ५१ करोड बढी

१० असार २०८०, आइतवार
Image

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको तेस्रो अधिवेशन सुरु भएको छ । 

अधिवेशनको संघीय सांसद विश्वप्रकाश शर्माले पालिका परिसरमा भएको जामुनाको विरुवा रोपेर उद्घाटन गर्नुभएको हो । 

कार्यक्रममा नगरका प्रमुख गोपाल चन्द्र बुढाथोकीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । कार्यक्रममा नगर उपप्रमुख मिना उप्रेतीले नगरको कूल बजेट रु. एक अर्ब ५१ करोड १२ लाख ३६७ हजार रहेको जानकारी दिनुभयो । 

आगामी आर्थिक वर्ष २०८०/०८१ को मेचीनगर नगरपालिका नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, विषयगत शाखा, उपशाखा तथा सेवाकेन्द्रले गर्ने सेवा र कार्यहरुका निमित्त अनुसूची १ मा उल्लेखित चालु पुँजीगत खर्च र वित्तिय व्यवस्थाको रकम समेत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने उपप्रमुख मिना उप्रेतीले स्पष्ट पार्नुभयो । विपद् कोषका लागि १ करोड  तथा मर्मत सम्भार कोषमा  २ करोड  रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ ।

संवैधानिक प्रावधान अनुसार प्रत्येक वर्षको असार १० गते स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ  । मेचीनगर नगरपालिकाले निर्धारित समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।

आन्तरिक आय १२ करोड ८७ लाख, राजस्व बाडफाँड १८ करोड ९९ लाख १७ हजार समानीकरण अनुदान १५ करोड ६१ लाख ७५ हजार र दहत्तर बहत्तर स्थानीय राजस्व बाँडफाँड ३ करोड रुपैयाँको बजेट पेश गर्नुभयो ।,चालु खर्चतर्फ  ८५ करोड ७ लाख ७ हजार  रुपैयाँ वा कुल बजेटको ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख  ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत  वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शुन्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट रहेको छ ।

नगर उपप्रमुख उप्रेतीले चालु खर्चतर्फ  ८५ करोड ७ लाख, ७ हजार  रुपैयाँ वा ५६ दशमलव २९ प्रतिशत पुँजीगत खर्च तर्फ ६५ करोड ८० लाख  ३३ हजार ३ सय ६७ रुपैयाँ वा ४३ दशमलव ५४ प्रतिशत  वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ वा शुन्य दशमलव १७ प्रतिशत गरी कुल १ अर्ब ५१ करोड १२ लाख ४० हजार ३ सय ६७ रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

जनताका शिक्षा स्वास्थ्य जस्ता मौलिक हकहरुको कार्यान्वयन गर्ने विषयमा होस वा कृषि, पशु, स्वास्थ्य, खानेपानीजस्ता नगरबासीका आधारभूत आवश्यकताहरुको सम्बोधनकालागि होस् नगरपालिकाले सक्दो प्रयास गरेको छ । कृषितर्फ  करीब  २ करोड ४८ लाख  र पशु विकास तर्फ  ४६ लाख  गरी आर्थिक विकासका विभिन्न क्षेत्रमा ५ करोड ९३ लाख ८४ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको छ । शिक्षातर्फ  ४२ करोड ७८ लाख छुट्याइएको छ भने स्वास्थ्यतर्फ ७ करोड ४ लाख रुपैयाँ जति विनियोजन  प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक सुरक्षामा करिव १ करोड २२ लाख ७० हजार, युवा खेलकुदमा १ करोड ४५ लाख, खानेपानीमा ८३ लाख,  लैगिक समानता र समाबेशीकरणमा ७७ लाख गरी सामाजिकविकास तर्फ कूल ५४ करोड ८८ लाख रकम विनियोजन  प्रस्ताव गरिएको छ ।

सडक यातायात भवन आवास लगायतकापूर्वाधारमा करीव  ६४ करोड  रुपैयाँ विनियोजन प्रस्ताव गरिएको छ । त्यस्तै सुशासन तथा यससँग सम्बन्धित क्षेत्रमा २ करोड ९ लाख रुपैयाँ र कार्यालय सञ्ञ्चालन तथा प्रशासनिकतर्फ २४ करोड २६ लाख रुपैयाँ हारहारीमा रकम छुट्टिएको छ ।

नदीजन्यपदार्थको उत्खनन् सम्बन्धी ठेक्कालाई समयमा नै विवादरहित एवम् पारदर्शी तवरबाट लगाउन सकिएमा यसबाट राजस्वमा उल्लेखनीय सुधार हुने बताइएको छ । 

नगरकार्यपालिका सदस्य एवम् वडानम्बर २ का वडाध्यक्ष दीपक वरालले सञ्चालन गर्नुभएको उद्घाटन सत्रमा कोशी प्रदेशसभा सदस्यहरु गोपाल तामाङ्ग, सविना बजगाईँ, नेकपा एमाले मेचीनगर कमिटि इञ्चार्ज चन्द्र प्रसाइ , नेपाली काँग्रेस मेचीनगर समिति सभापति सुदय पनेरु, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष राजन चिमरिया, राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर अध्यक्ष कमल गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीका मेचीनगर सचिव विशालकृष्ष्ण बास्तोला मेचीनगर अध्यक्ष हरिप्रसाद तिम्सिनालगायतले शुभकामना व्यक्त गर्नुभयो ।