१२ साउन २०८१, शनिवार

अधिवक्ता कट्टेल अनेमसंघ कोशीको सचिव निर्वाचित

१७ असार २०८०, आइतवार
Image

झापा, १७ असार । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको कोशी प्रदेश सचिवमा झापाकी अग्रज कानून व्यवसायी हेमकला कट्टेल निर्वाचित हुनुभएको छ ।

विराटनगरमा शनिबार सम्पन्न संघको सम्मेलनले अध्यक्षमा सिर्जना राईसहित नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा माया पोखरेल र सरला राई निर्वाचित हुनुभएको छ भने सहसचिवमा अन्जु पाण्डे निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा हिमा बिकसहित ९१ जनाको नयाँ कार्यसमिति चयन भएको ।