१ असोज २०८१, मङ्गलवार

गृहजिल्लामा मुख्यमन्त्री थापालाई भब्य स्वागत

२३ असार २०८०, शनिवार
Image

झापा, २३ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापालाई नेपाली कांग्रेस झापाले गृहजिल्लामा भब्य स्वागत गरेको छ ।

मुख्यमन्त्री पदमा नियुक्त भए लगत्तै आज उहाँ गृहजिल्ला आउनु भएको हो । पार्टीले जिल्ला मुख्यालयमा आयोजना गरेको कार्यक्रममा कार्यकर्ताहरुको घुइँचो लागेको थियो ।

फुलका गुच्छासहित कार्यकर्ताले मुख्यमन्त्री थापालाई लामवद्ध भएर शुभकामना दिएका थिए । कार्यकर्तामा उल्लास देखिएको थियो ।

उपस्थित कार्यकर्ताहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले सबैको सहयोग र सद्भावले आफु मुख्यमन्त्री बनेको बताउनु भएको थियो ।

उहाँले ३० दिनभित्र विश्वासको मत लिने व्यवस्था रहेकोतर्फ संकेत गर्दै प्रदेशसभामा आफुले विश्वासको मत पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार चार वर्ष नै टिक्ने उहाँले दावी गर्नुभयो । 

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव कृष्ण हुमागाईले गरेका थिए ।