२८ वैशाख २०८१, शुक्रवार

भारतले पठायो चन्द्रमामा रकेट

२९ असार २०८०, शुक्रवार
Image

झापा, २९ असार । भारतले मानवरहित ‘चन्द्रयान–३’ नामक रकेट चन्द्रामामा आज पठाएको छ ।

भारतीय समय अनुसार अपराह्न २ः३५ बजे आन्ध्रप्रदेशको श्रीहरिकोटा स्पेस सेन्टरबाट सफलतापूर्वक रकेट लञ्च भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अगस्त ५ तारिखका दिन सो यान चन्द्रमाको कक्षमा प्रवेश गर्ने र अगस्त २३ वा २४ गते चन्द्रमाको दक्षिणी अँध्यारो ध्रुवमा अवतरण गर्ने भारतीय बैज्ञानिकहरुको दावी  छ ।