२७ वैशाख २०८१, बिहिवार

एनआरएन अमेरिकाको अध्यक्ष बञ्जाडे, वरिष्ठ उपाध्यक्ष उप्रेती

११ साउन २०८०, बिहिवार
Image

झापा, ११ साउन । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. अर्जुन वञ्जाडे निर्वाचित हुनु भएको छ ।

गत आइतवार राति भएको निर्वाचनमा ५ हजार ७ सय ३९ मतका साथ अध्यक्ष निर्वाचित वञ्जाडेका प्रतिष्पर्धी डिलु पराजुलीले ४ हजार ८ सय ६ मत ल्याउनु भयो । 

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा ४ हजार ९ सय ४५ मतका साथ विकास उप्रेती निर्वाचित हुनुभयो । उहाँका प्रतिस्पर्धी अञ्जनकुमार चौलागाईंले ४ हजार ७ सय ३५ मत ल्याउनु भयो । 

त्यस्तै, चारजना उपाध्यक्षमा क्रमशः भानु खरेल (४ हजार ३ सय ३५ मत), प्रेम तामाङ (३ हजार ९ सय ५ मत),  ज्ञानेन्द्र गुरुङ (३ हजार ८ सय २६), नेत्र पाण्डे (३ हजार ४ सय १० मत ) निर्वाचित हुनुभयो । 

त्यस्तै महिला उपाध्यक्षमा ३० मतको झिनो अन्तरले प्रतिस्पर्धी सुन्दरी गुरुङलाई हराउँदै सुनिता सापकोटा कंडेल निर्वाचित हुनुभयो । ४ हजार ९ सय ५९ मतकासाथ निर्वाचित सुनिताकी प्रतिस्पर्धी सुन्दरीले ४ हजार ९सय २९ मत ल्याउनु भयो । 

युवा उपाध्यक्षमा अनुप खनाल निर्वाचित हुनुभएको छ । खनालले ३ हजार ७ सय २१ मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी रामचन्द्र  पन्तले ३ हजार २ सय ६४ मत ल्याउनु भयो । 

महासचिबमा निर्वाचित रामहरी अधिकारीले ५ हजार १ सय ९७ मत ल्याउँदा उहाँका प्रतिष्पर्धी गोपेन्द्र भट्टराईले ४ हजार ४सय ३९ मत ल्याउनु भयो । 

यसैगरी सचिवमा दिपक सापकोटा, सचिब (महिला)मा शान्ति पौड्याल, कोषाध्यक्षमा सरोज सिग्देल पनि निर्वाचित हुनुभएको छ ।

अनलाईन भोटिङ विधि अपनाइएको निर्वाचनको प्राविधिक पक्षको जिम्मेवरी भेरो इन्गेजमेन्ट एन्ड भोटिङ सोलुसन कम्पनीले लिएको थियो ।

कूल १३ हजार ६ सय ९२ मतदाता रहेको एनआरएन अमेरिकाको ११ हजार २ सय ६९ मतदाताले २२ र २३ जुलाईमा मतदान गरेका थिए ।

लेखकको बारेमा
Image
गोपाल गड्तौला

हाल अमेरिकाको टेक्सासमा बसोबास गरिरहनु भएको गोपाल गड्तौला हिमाल खबर म्यागेजिनमा लामो समयदेखि कार्यरत एवम् खोजमूलक पत्रकारितामा रुचि राख्ने झापाका स्थापित पत्रकार हुनुहुन्छ ।