१७ वैशाख २०८१, सोमवार

आयो प्रदेश प्रमुखको विज्ञप्ति, कामचलाउ बारे अस्पष्ट

१२ साउन २०८०, शुक्रवार
Image

बिराटनगर, १२ साउन । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले शुक्रबार साउन १६ गते मंगलबार साँझ ५ बजेभित्र बहुमतको सरकारका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

उनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम कोशी प्रदेशसभामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेशसभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

सर्वोच्च अदालतले भने सरकार गठनका लागि दाबी पेस गर्ने समय १७ गतेसम्म दिएको छ । खापुङले भने उक्त समयभन्दा एक दिन अगावै मुख्यमन्त्रीमा दाबी पेश समय दिएको हुन् ।

जुन विन्दुबाट संविधानको पालना भएन, त्यही विन्दुबाट प्रक्रिया सुरु हुने विज्ञप्तिमा उल्लेख छ । त्यही विन्दु भन्नाले कामचलाउ मुख्यमन्त्री हिक्मत कार्की हुने एकथरिको विश्लेषण छ । त्यही विन्दुबाट सच्याउने भनिससकेपछि कामचलाउ फलानो भनेर भनिरहनु नपर्ने केही कानूनका जानकारहरु बताउँछन् । 

तथापि, कामचलाउ बारे स्पष्ट शब्दमा प्रदेश प्रमुखको विज्ञप्तिले केही भनेको छैन ।