१५ वैशाख २०८१, शनिवार

भन्सार फ्लोअप

भन्सार प्रमुख भन्नुहुन्छ-‘भन्सारबाट कन्टेनर छिरेको होइन’

१३ साउन २०८०, शनिवार
Image

मेचीनगर, १३ साउन । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले पुरानो भन्सारमा बरामद भएको सामानसहितको कन्टेनर भन्सारभित्रबाट नआएको दावी गर्नु भएको छ ।

जिल्ला र इलाका प्रहरी कार्यालयको संयुक्त टोलीले शुक्रवार साँझ काँकरभिट्टाको पुरानो भन्सार क्षेत्रबाट रु. एक करोड २० हजारभन्दा बढी मूल्यको सामान कर नतिरी भित्रिएको अवस्थामा एउटा कन्टेनरसहित नियन्त्रणमा लिएको थियो ।

‘सबै गाडी भन्सारभित्रैबाट आएको भनेर प्रचार गरिनु हुँदैन,’ प्रमुख भन्सार अधिकृत रेग्मीले लोकतन्त्र पोस्टसँग भन्नुभयो-‘सामान बरामद भएको मैले पनि सुनेँ । तर, उक्त कन्टेनर मेची भन्सार कार्यालय भित्र पसेर निस्किएको होइन ।’

प्रहरीले नियन्त्रणमा लिइसकेको हुँदा त्यसको अनुसन्धान हुने भएकाले हतारिएर भन्सार भित्रैबाट छिरेको भनेर प्रचार नगरिदिन उहाँले आग्रह गर्नुभयो ।

सामान बरामद गर्ने प्रहरी स्रोतले उक्त कन्टेनर भन्सार नतिरी भारतबाट आएको आशंका गरेको छ । चालक फरार रहेको सो कन्टेनरमा भेटिएका सामानको कुनै पनि बिलबिजक र कर तिरेको रसिद छैन ।