१५ वैशाख २०८१, शनिवार

अस्पतालहरुमा १० प्रतिशत नि:शुल्क बेड खोई ?

१४ साउन २०८०, आइतवार
Image

झापा, १४ साउन । सरकारले अस्पतालमा विपन्न तथा असहायका लागि दश प्रतिशत बेडसहित नि:शुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिए पनि त्यसको पालना भएको छैन ।

उपभोक्ता जागरण अभियान झापाले आज प्रेस विज्ञप्ति प्रकाशित गरी यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

अभियानका अध्यक्ष मोहन काजी र सचिव विशाल थापाद्वारा जारी गरिएको विज्ञप्तिमा झापाका अधिकांश अस्पतालले सरकारको निर्देशनलाई इमान्दारीपूर्वक कार्यान्वयन नगरेको जनाइएको छ ।

सरकारी, सामुदायिक तथा निजी अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउनका लागि पहल गर्न अभियानले स्थानीय सरकारलाई आग्रह गरेको छ ।