१६ वैशाख २०८१, आइतवार

नागरिकता वितरणमा ‘पालो प्रणाली’ हट्यो

१५ साउन २०८०, सोमवार
Image

झापा, १६ साउन । जिल्ला प्रशासन कार्यालय झापाले नागरिकता वितरणमा पालो प्रणाली हटाएको छ ।

पालिकाहरुलाई साप्ताहिक रुपमा पालो तोकेर प्रशासनले नागरिकता वितरण गरिरहेको थियो । पालोका कारण अत्याधिक भीड बढेर काम गर्नै असहज भएको भन्दै प्रशासनले आज सूचना निकालेर पालो प्रथा हटाइएको जनाएको हो ।

यही साउन २१ गतेदेखि पालो प्रणाली हटाएर पहिले झैं जो पहिले आउँछ उसैलाई पहिलो सेवा दिने टोकन प्रणाली लागू गरिने प्रशासनको सूचनामा उल्लेख छ ।

अब्यावहारिक पालो प्रणाली गत असार १३ गतेदेखि लागू भएको थियो ।