१५ वैशाख २०८१, शनिवार

करेन्ट लागेकी पत्नीलाई बचाउन गएका अमृतको मृत्यु

६ भदौ २०८०, बुधवार
Image

झापा, ६ भदौ । करेन्ट लागेकी पत्नीलाई बचाउन खोज्दा अर्जुनधारा–९ कटहरडाँडाका २४ वर्षीय अमृत रेग्मीको आज मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज दिउँसो २ बजेतिर कुटी काटिरहेकी पत्नी ममता रेग्मी (२२ वर्षीया)लाई करेन्ट लागेको देखेपछि बचाउन गएका अमृत आफै करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

तत्कालै उपचारका लागि लैजाँदै गर्दा अमृतको मृत्यु भयो । उनकी पत्नी ममताको हाल बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । 

इलाम–२ घर भएका रेग्मी दम्पत्ति हालसालै अर्जुनधारा–२ कटहरडाँडामा आएर बसोबास गरिरहेका थिए ।