२९ वैशाख २०८१, शनिवार

अरनिको माविलाई रोटरीले दियो १२ थान पंखा

१९ भदौ २०८०, मङ्गलवार
Image

मेचीनगर,  १७ भदौ । रोटरी क्लब अफ काँकरभिट्टाले मेचीनगर ७ स्थित अरनिको माध्यामिक विद्यालयलाई १२ थान सिलिङ पंखा हस्तान्तरण गरेको छ । 

तीपंखा खरिद गर्न ३० हजार रुपैयाँ खर्च भएको छ ।

विद्यालयमा चिया, कृषि तथा गृह निर्माण मजदुरकाका छोराछोरी अध्ययनरत छन् ।

पंखा हस्तान्तरण गर्न क्लबका अध्यक्ष इञ्जिनियर रुद्र मैनाली नेतृत्वको टोली गएको थियो  । सो अवसरमा मेचीनगर नगरपालिका वडा ७ का वडाध्यक्ष प्रल्हादमणि ओली प्रमुख अतिथि रहनु भएको थियो ।

रोटरी क्लब अफ काँकरभिट्टा कै तर्फबाट निकट भविष्यमा नै १० थान डेक्सबेन्च पनि हस्तान्तरण गर्ने प्रतिवद्धता गरिएको छ ।

काँकरभिट्टा बहुमुखी क्याम्पसमा अध्ययनरत ४ जना, मेचीनगरकै बाहुनडाँगीमा रहेको अर्को विद्यालयमा जेहेन्दार र आर्थिक अवस्था अलि कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्ति समेत प्रदान गरेको छ ।