२८ वैशाख २०८१, शुक्रवार

पूर्वअध्यक्ष र संस्थापकहरुलाई सम्मान गर्दै लेडी जेसीजले मनायो तीज

२३ भदौ २०८०, शनिवार
Image

मेचीनगर, २३ भदौ । मेचीनगर लेडि जेसिजको आयोजनामा आज महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।  

अध्यक्ष  रश्मि थापाको अध्यक्ष तथा प्रदेश सभा सदस्य माननीय सबिना बजगाईको प्रमुख आतिथ्यतामा मेचीनगर १० स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा तीजको दर खुवाइनुका साथै नृत्य पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा मेचीनार लेडि जेसिजका पुर्व अध्यक्ष, स्थापनाकालका पदाधिकारीहरुलाई बिशेष सम्मान गरिएको थियो ।

कार्यक्रममा पुर्व अध्यक्षहरु टीका सुवेदी, शोभा श्रेष्ठ, सुनिता पनेरू, राससकी झापा सम्वाददाता अम्बिका भण्डारी, प्रमिला गौतमलगायतको उपस्तिथि रहेको थियो । 

कार्यक्रमको सञ्चालन महासचिव सबिता पोख्रेलले गर्नुभएको थियो ।