२८ वैशाख २०८१, शुक्रवार

अनेमसंघले गर्यो नेपालकै ज्येष्ठ नागरिक पोहानी र जुनधरालाई सम्मान

२५ भदौ २०८०, सोमवार
Image

मेचीनगर, २५ भदौ । नेपालकै ज्येष्ठ नागरिक १२० वर्षीया पोहानी राजबंशीलाई नेकपा एमाले निकट अखिल नेपाल महिला संघले सम्मान गरेको छ ।

संघको मेचीनगर कमिटीले काँकरभिट्टामा आज तीज मिलन कार्यक्रमको अवसर पारेर पोहानीसहित सय वर्ष नाघेका दुई आमालाई सम्मान गरेको हो । 

सम्मानित हुने पोहानी राजबंशी मेचीनगर वडा नं. ७ निवासी हुनुहुन्छ भने १०४ बर्षीया जुनधारा पोखरेल मेचीनगर वडा नं. ६ निवासी हुनुहुन्छ । 


सम्मान कार्यक्रमको अध्यक्ष अनेमसंघ मेचीनगरकी अध्यक्ष जानुका ओली र प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती हुनुहुन्थ्यो । सो अवसरमा दुवै आमालाई नगदसहित सम्मान गरिएको छ ।

राजबंशी भाषा मात्र बोल्ने १२० वर्षीया पोहानीले जीवनमा पहिलोचोटी सम्मानित हुन पाउँदा खुशी लागेको बताउनुभयो ।

संघकी अध्यक्ष ओलीले पोहानी राजवंशी मेचीनगरको मात्र नभएर मुलुककै ज्येष्ठ नागरिक रहेको बताउनु भयो । 


पोहानी राजबंशी मेचीनगर–७ स्थित मदन वस्तीमा जेठो छोरा फतलाल राजवंशीसँग बस्दै आउनु भएको छ । यसैगरी, १०४ वर्षीया जुनधारा पोखरेल मेचीनगर वडा नं. ६ स्थित काँकरभिट्टामा साइलो छोरा गणेश पोखरेलसँग बसोवास गर्दै आउनुभएको छ ।

सम्मान कार्यक्रममा बोल्दै नेकपा एमालेका केन्द्रीय सल्लाहकार विष्णु प्रसाईँले अनेमसंघले ज्यूँदा इतिहासको सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा महिलाहरुले तीजका गीतमा छमछमी नाचेर सामूहिक दर समेत खाएका थिए । 

सञ्चालन सचिव अनिता गुरागाईँ र स्वागत मन्तव्य हेमा शिवाकोटीले गर्नुभएको कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटिका सल्लाहकार हरिचरण बानियाँ, धुलाबारी क्याम्पसका अध्यक्ष तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार सदस्य eLd vjf;, जिल्ला कमिटी सदस्य देवकुमार राई, रेणुका डाँगी, संगीता थापा, शोभा खवास, रमा भण्डारी, निरु परियार, नेकपा एमाले मेचीनगरका अध्यक्ष राजु पोखरेल, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष राजकुमार पराजुलीलगायतको उपस्थिति रहेको थियो ।