२० वैशाख २०८१, बिहिवार

पाँच सय परिवारलाई सित्तैमा सुधारिएको चुलो बाँड्ने तयारी

२५ भदौ २०८०, सोमवार
Image

मेचीनगर, २५ भदौ । मेचीनगर वडा नं. २ मा लक्षित समुदायका पाँच सय परिवारलाई निःशुल्क रुपमा सुधारिएको चुलो वितरण गरिने भएको छ ।

वडाध्यक्ष दिपक बरालका अनुसार वातावरण संरक्षण केन्द्र नेपाल नामक संस्थाले वडालाई ती चुलो उपलब्ध गराएको हो ।

‘पाँच सय वटा सुधारिएको चुलो वडामा प्राप्त भइसकेको छ,’ वडाध्यक्ष बरालले भन्नुभयो–‘लक्षित समुदायका विपन्न परिवारलाई विधिपूर्वक वितरणको तयारीमा जुटिरहेका छौं ।’

एउटा चुलोको खुला बजार मूल्य पाँच हजार पाँच सय रुपैयाँ रहेको बताइएको छ । टोल समितिका अध्यक्षहरुको बैठक आयोजना गरेर निष्पक्ष रुपमा चुलो वितरणको विधि निर्माण गरिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

प्रचारभन्दा काम गर्न रुचि राख्ने वडाध्यक्ष बरालको नेतृत्वमा वडामा विकास निर्माण र सुशासनका क्रियाकलापहरु द्रुत रुपमा अघि बढिरहेको छ । 

हालै वडाको दुईवटा बजारमा सीसी क्यामेरा जडान कार्य सम्पन्न भइसकेको छ ।