१६ वैशाख २०८१, आइतवार

संविधान दिवसमा आदर्श विद्या मन्दिरले गर्यो बक्तृत्वकला प्रतियोगिता

३ असोज २०८०, बुधवार
Image

धुलाबारी, ३ असोज । संविधान दिवसको अवसर पारेर आदर्श विद्या मन्दिर मेचीनगर –९ ले वक्तृत्वकला प्रतियोगिता बुधबार सम्पन्न गरेको छ ।

विद्यार्थीहरुलाई आफ्नो देशको संविधानका बारे सिकाउने र अध्ययन अध्यापन गराउने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गरिएको विद्यालयका प्रधानाध्यापक कविन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार विगत बर्षदेखि नै विद्यालयले संविधान दिवसको अवसरमा रचनात्मक तथा सिर्जनात्मक काम गर्दै आएको छ ।


मेचीनगर सहकारीको सभाहलमा आयोजित प्रतियोगितामा विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमध्ये आयूषा राई प्रथम, दिव्याङ्का खत्री दोस्रो र मेलिना गुरुङ तेस्रो भएका छन् । प्रतियोगितामा सहभागी विद्यार्थीहरुले नेपालको संविधान नै देशको मूल कानुन रहेको भन्दै आफ्नो भनाई राखेका थिए । 

विद्यालयका प्रधानाध्यपक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नारी सञ्चारी गृहकी पूर्व अध्यक्ष अम्बिका भण्डारी र प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बरालले प्रतियोगितामा निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो । 

विद्यालयकी शिक्षक खिला खनालले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरु, विद्यार्थीका अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।  शिक्षक अभिभावक संघका सदस्य बिमला लुईटेललगातले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।