१६ वैशाख २०८१, आइतवार

चोरी शिकारी नियन्त्रणका लागि जिल्लामै बन्यो समिति

३ असोज २०८०, बुधवार
Image

मेचीनगर, ३ असोज । समुदायमा आधारित वन्यजन्तु चोरी शिकारी नियन्त्रण युवा जागरण अभियानका लागि झापामा जिल्ला तदर्थ समिति गठन भएको छ । 

समितिको अध्यक्षमा पशुपति खतिवडा चयन हुनुभएको छ । हातेमालो सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रमले उपाध्यक्षमा जानुका ओली, सचिवमा अनिष श्रेष्ठ, कोषाध्यक्षमा लक्ष्मी भुर्तेल, सहसचिवमा केशव लुईटेललाई चयन गरेको छ ।

यसैगरी, सदस्यहरुमा रेविका राई, सावित्रा कन्दङ्वा, नर्बदा दियाली र केदार न्यौपानेलाई चयन गरिएको छ । जिल्लाका ३० वटा सामुदायिक वनका १८ बर्षदेखि ३० बर्ष उमेर समूहका युवाहरुलाई दुई दिने तालिम प्रदान गरिए पछि सो समिति गठन गरिएको सामुदायिक वन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले बताउनुभयो । 

उहाँले समितिमा गाउँपालिका महासंघ र अन्यलाई समेटर चार जना पहिलो बैठकबाट मनोनित गरिने बताउनुभयो ।