२० वैशाख २०८१, बिहिवार

कोटीहोमको अध्यक्षमा शेरबहादुर थापा निर्वाचित

१६ असोज २०८०, मङ्गलवार
Image

सुरुंगा, १६ असोज । कनकाई नगरपालिकास्थित कोटीहोम धार्मिक विकास संस्थाको अध्यक्षमा सामाजिक व्यक्तित्व शेरबहादुर थापा बिजयी हुनु भएको छ ।

संस्थाको नेतृत्व चयनका लागि निर्वाचन भएको थियो । आज साँझ सम्पन्न मतगणना अनुसार थापाले ५२३ र उहाँ प्रतिष्पर्धी नरेन्द्रप्रसाद फुयँलले ३७६ मत पाउनु भएको छ ।

महासचिवमा दिनानाथ खतिवडा ४३५ मत ल्याएर बिजयी हुनु भएको छ ।