२७ वैशाख २०८१, बिहिवार

नापी कार्यालय भद्रपुरका कर्मचारी घुस लिएको आरोपमा पक्राउ

२९ असोज २०८०, सोमवार
Image

भद्रपुर, २९ असोज । नापी कार्यालय भद्रपुरका कर्मचारी र एक विचौलिया सेवाग्राहीसँग घुस लिएको आरोपमा सोमबार पक्राउ परेका छन् ।

कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विलौचिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । 

उनीहरुले जग्गा कित्ताकाट गरेबापत भद्रपुर नगरपालिका– ७ स्थित बिचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु. ७० हजार र ५५ हजारको चेकसहित रु. एक लाख २५ हजार घुस लिएका थिए । सो रकमसहित दुवैलाईलाई पक्राउ परेको आयोजका प्रवक्ता भोला दाहालले बताउनुभयो । 

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उहाँले जानकारी दिनुभयो ।